सम्पादकीय (अङ्क-९)

रेगिस्तानमा कर्म सिउँदै साहित्यमा बोल्न चाहाने मनहरुमा कलमी सलाम,समयको फिर्का टिक टिक-टिक टिक गर्दै अनेकन अप्ठयाराहरु छिचोल्दै अगाडि बढिरहेको छ । हामी त्यो समयलाई आफनो बलबुताले भ्याउने गरि पछ्याउने कोसिसमा लागि परिरहेका छौ । खै कसरी भनौ समयले हामीलाई उछिन्न खोज्दैछ । बसन्त बर्षा, गि्रष्म, शरद, हेमन्त र शिसिर बग्रेल्ती रुपधारण गर्दै मान्छेलाई बुढो बनाउन आतुर छन् यी यामहरु । तर हामी भने आफनो आयुलाई निमेष निमेषमा घाटाको जोखिममा मोल्दै त्यहि पुरानो समय समाएर कि्रयाशील भएर आफुलाई उच्च्ा चेतनाको सम्झँँदै हुँकार छोड्दै छौ । सप्पैमा भन्ने हो भने हामीहरु आफ्नै मृत्युउत्सवमा नाचिरहेका छौँ । हाम्रा विचारहरु सोचहरु सबै नयाँ छन् समावेशी छन् तर व्यवहार नयाँ भन्नु त पुरानो भन्दा विल्कुल अलग हुनु हो । यहाँ विचारले मात्र परिवर्तन हुने भए ठुला-ठुला दार्शनिकहरुको बिचारमा उत्तेजनात्मक पुस्तकको ठेली पढे भईगयो नी ! मैले के समाउन खोजेको भने पौने तिनकरोड नेपालीले नयाँ कुरानयाँ उत्कर्ष खोजेका हुन । केवल औपचारिकताको लागि मात्र खोजेर हुने भए जापानमा भौतिक विकाशले चरमविन्दु नाघ्न सक्दैनथ्यो । संचारमाध्यम जनताको आँखा हुन सबैभन्दा पहिला हामी कलम खेलाउन जान्नेहरुले नयाँ विचार नयाँ सोच र बैज्ञानिक चिन्तनले जनतालाई सुसुचित गराउनु सक्नृु पर्छ । यहाँ राजनितिकर्मिहरुले नयाँ कुराको खोजी गरेका छन् । कलम चलाउने पत्रकार साहित्यकारहरुले नयाँ कुराको खोजी गरेका छन् । कलम चलाउने पत्रकार साहित्यकारहरुले नयाँ लेखनको वकालत गरेका छन् । परन्तुकाम भने पुरानै ढाँच्ााको छ । पुराना भन्नु विकासको नयाँमार्ग हो । हुवहु पुरानोलाई बँचाइ राख्ने हो भने त्यहाँ नयाँको नामोनिसाना हुदैन अनि कसरी परिवर्तन हुन सक्छ पुर्नउत्थानवादि चेतका मान्छेहरुलाई नयाँ कुरा सिकाउनु पर्छ । जस्ले पुरानोलाई परिमार्जन गरि नयाँ बनाउन चाहान्छत्यहि हो बैज्ञानिक सोच । हाम्रो समाज विसंगती तिर लागिरहेको छ । २१ औँ शताव्दिका संघारमा आफु पुग्दासम्म क्रुसंस्कारको दलदलमा फसि रहेका छौं । त्यसैले अब हरेक कुरामा क्रान्ति अपरिहार्य भइसकेको छ । चाहे सामाजिक क्रान्ति होसचाहे बैज्ञानिकराजनितिक क्रान्ति होस् वा साँस्कृतिक र साहित्यिक क्रान्ति होस् अबका दिनमा युगलाई संसारको विकसित मुलुकको हाराहारीमा उभ्याउन नयाँ क्रान्ति आजको माग हो । त्यसैले अब हामी साहित्यमा लागेका आम नेपाली मनहरुले बचनले होइन कर्मले नयाँ यूगको रुपान्तरणको लागि आ-आफ्नो क्षेत्रबाट नयाँ सोच बोकेर अगाडि बढ्नु पर्छ अन्यथा चुचे ढुङ्गो उहिँ टुङ्गो ।
आदरणिय साहित्यनुरागी मित्रहरु हामीहरु आफनो घर देशबाट कोषौं टाढा परदेशमा पनि नेपाली साहित्यलाई जोगाइ राख्न आ-आफनो तह तप्काबाट जुटि रहेका छौँ । यहि क्रममा मुग्लानी सौगात साहित्यिक समसामयिक द्धैमासिक पत्रिका प्रकाशन हुन थालेको पनि ३ बर्ष पुग्न लाग्यो तर हामीले अति व्यस्त समयको बाबजुत पनि प्रकाशनलाई निरन्तरता दिन कोशिस गरिरहेका छौँ । प्रकाशन हुने क्रममा समय अभावको कारण अथवा संस्थाकै बिभिन्न महत्वपूर्ण कामहरुले कहिले कहिँ प्रकाशन वियुलो हुन गइरहेको छ । यो मानेमा हामीहरु क्षमाप्राथि छौँ । पाठकगणहरुमा पर्न गएको ढिला सुस्तिलाई अबको दिनहरुमा पूरा गर्दै लैजाने छौँ । नेपालीहरुको महान चाड बडादशैँ आइसकॆको छ भने यता रेगिस्तानमा नेपालीहरुको मनमनमा चाड पर्वहरु बासबस्न थालेका छन् । यो बेला प्रत्येक प्रदेशीहरुलाई चैन छैन । आमाले यसपालीको दशैँमा छोराको बाटो हेरिरहेकी छिन् । श्रीमती नानी छोरा छोरीले नाना पापाको आशा राखेका छन् तर यहाँको दुखान्त कथा अलग छ । अझैसम्म महँगो ब्याजमा काढेको कर्जा साहुलाई चुक्ता गर्न सकेको छैन । जम्मामा महानचाड महादशामा परिणत हुनु नेपालीहरुको परिस्थिति हो । यो चाड नेपाली समुदायको राष्ट्रियता हो । यसको पौराणिक मूल्य मान्यता छ । दशैँलाई हामी आमनेपालीहरुले स्वाँगे प्रवृतिमा तडक भडकका साथ होइन विचारले भावनाले ठुलो सम्झि आ-आफ्नो औकातले भ्याउन्जेलसम्म मनाउन सक्यैं र आर्थिक रुपमा सचेत हुन सक्यौं भने राष्ट्रलाई फाइदा छ । चाडपर्वहरुको नराम्रो पक्षलाई पछि छाडेर राम्रो र वैज्ञानिक रुपमा हामीले यो जाति र त्यो जातिको चाड नभनि चाडपर्वहरु मनाउन सक्नु धार्मिक सहिष्णुतालाई उच्च राख्नु हो । बडादशैं तथा दीपावलीको शुभ अवसरमा सुस्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगतिको कामना आमनेपालीहरुलाई मुग्लानी सौगातको तर्फबाट । अन्त्यमा प्रकाशनको मुटु भनेको पाठक तथा विज्ञापनदाता हुन् हामी वहाँहरुको अमुल्य सुझाव सल्लाह र प्रतिकि्रयाको अपेक्षा सँधैं गरिरहन्छौ । पूर्णविराम

  कक्पिक पिएर मात्र बाँचेको भए उसलाई म पुर्नउत्थानवादि चेत भन्छु । साधारणतया जीवनहरु त्यसरी नै मरेर बाँच्छन् । कच्याक-कुचुक गरेर भन्ने हो भने यो जीवन हुनुको दस्तुर हो । युग अति परिबर्तनशिल छ तर त्यहि युगको लठ्ठी टेकेर चेतना हिड्न सक्नु पर्छ अन्यथा चुच्चे ढुङ्घो उहि टुङ्घो ।
   वधशालामा मासु बेच्नेहरुको छोरो बुचर नै भईरहने हो भने ढेङ्ग्रॊ बजाउने धामिहरुले उसको छोरोलाई रिठ्ठे झाँक्री बनाउन चाहेर सपनामा त्यहि सफलताको जपतप् गर्छ भने अझ यसलाई यसरी भनौनेपाल दुःखी रहनु सँगै नेपाली बोकेर हिड्ने पुराना संचारकर्मी गाइनेहरुले गितार बजाउन नजान्ने हो भने गितारमा नेपालको पिडा पोख्न नजान्ने हो भने यसलाई पुर्नउत्थानवादी चिन्तन र सुन्यवादी भनिन्छ । यसको बजार सधै ००००० मात्र हात पर्न सक्छ ।
युगको गति समाएर मथिङ्गलहरु यसरी हिड्न सक्यो भने त्यहाँ निश्चित उन्यू फुल्नु सक्छ । उन्यू फुल्नु भनेको त्युरी भई जई जानु होइन मरुभूमिमा रंगीबिरंगी फूलहरु फुल्छन भन्न खोजेको हो साहित्यको । मुष्टमा मैले के गुर्मुक्याउँन खोजेको भने-
खुसी र आस्थाका विचारहरु
फुस्को छानोमुिन
टाटीको बार पछािड
सुनाउँदै बुझाउँदै हिड्दा
एक्कासी
चट्टयाङ पर्छ असिना झर्छ
अप्राकृतिक मुसलधारे तेजाब बग्छ
मेरो आस्थाको रुप
बिरुप बनाउने चेष्टामा
मबाट खोस्छन्  मेरा आस्थाका रुपहरु
हत्तपत्त कलम समाउँछु कापी फिजाउँछु
मबाट मेरो आस्था चुडाउँने
यथास्थितिवादको विरु
खुलम खुल्ला सम्भोग गराउँछु
दुनियाँ साक्षि राखेर आगो ओकल्ने
परपिसाचको साम्राज्यमा
वैचारिक धावा वोल्ने 
निडर कविता जन्माउँछु ।
             पृष्ट-२१
 
हो मैले यहीनेर समाउन खोजेको हो । रेगिस्तानमा आएर तकियामा सपना बुन्नेहरु अथवा चिल्लो छाम्नेहरु केवल लहडीमा मात्र सिमित छैनन् । आफुलाई आफैले बन्दकी राखेर सुख चर्न पसेका वाध्य रेगिस्तानीहरु आज तातो वालुवामा त्यही सुख भनिने स्वार्थ मात्र कोर्पदै छैनन् । मरुभूमिमा अदृश्य प्रतिविम्वहरु देख्दैछन् । जम्मैमा भन्ने हो भने यही शब्दावली हाम्रो लागि प्रगतिशिल छँदैछ। 
   मैले वहाँको कुरा गरेको महेन्द्र राई अदृश्यको । आकस्मिक रुपमा मैले वहाँले रौचिराएको कविता संग्रह एउटा साहित्यिक कार्यक्रममा स्वयं कविबाट हात पाएँ । यो मेरो दोहाको पहिलो सित्तैमा पाएको महंगो उपहार थियो वहाँको गहकिलो चड्कन चिउराको भागी म पनि बन्नु पाउनु । यस्तो लाग्यो प्रगतिशिल चेतनाले गिदीमा ब्याड छर्यो ।
कवि महेन्द्र राई अदृश्य विष्णुपादुका-४सुनसरीका स्रष्टा हुन् । यिनका कविताहरुमा मैले सम्भावनाहरु देखेँ र भेटँ बिचारको । यिनी यहाँ द्रव्य कमाउन पक्कै झरेका हुन । नत्र तास खेली हाल्थेनी किन कविता लेख्नु पर् यो । अँ ह ! यस्तो लाग्यो अदृश्य  कविता नै लेख्न यहाँ आएका रहेछन् तर कविता शब्दहरु छनोट गरि पंत्तिहार मिलाई साधारण कुराहरु जाेड्दा त्यो कविता हुन सक्दैन । कविता स्वतन्त्र जीवनको गाहिरो आधार हो । कविताले जीवन बोकेको हुन्छ अनि जगतको प्रतिनिधित्व गरेको हुन्छ । भन्नै पर्दा कविता साहित्य जस्तो हुनु पर्छ । यस्ता कविता छाट्न सक्ने मुर्धन्य स्रष्टा अदृश्य राई बिचारको सागर छन् अनि भावनाको संचारका चट्टान जस्तो प्रतिवता उनका कवितामा छन् । कविता कविता जस्तो मात्र होइन साहित्य जस्तो छ । उनका बिचारहरु प्रगतिशिल क्रान्तिकारी छन् । समाजमा र देशमा घट्न सक्ने र घटि रहने प्रकृतिलाई राईले कलात्मक रुपमा प्रस्तुत् गरेका छन् । यस्ता साहित्यहरु कथ्न सक्ने स्रष्टा कहाँ हराएका थिए । मलाई लोभ जागेको छ वहाँको अन्य दिनहरु प्रति । सारांसमा भन्ने हो भने वहाँका कविताहरु ढुङ्गा जस्ता छन् बिचारको र चैतन्य सरोवरको अकाट्य कम्युनिजम सिद्धान्त बोकेका । यी कविताहरु प्रायः सर्वहारा वर्गको पक्षपाति छ । यस्ले अन्याय अत्याचारमा सदियौं देखि गन्हाउने हिलोमा फसेको ब्यक्तिको मन चिन्तनमा चेत उदाएको छ । नियतिपूर्ण रुपले दरिद्रताको भड्खालोमा उभिएका सर्वहाराहरुको पूर्णरुपले प्रतिनिधित्व गरेको छ । क्रान्तिका पुलिन्दाहरु हर्रहर्ती ओकलेर कवि भन्छन्…
जर्नेल कोठामा परिसँग रिल्याक्स गर्दा
बाहिर आफु ड्युटीमा वस्नुपर्छ रे 
कर्णेल क्यबिनबाट मातेर निस्कदा
बोकेर घरमा पुर् याई सेवा गर्नु पर्छ रे
राष्ट्रसेवकको नाममा यस्तो सेवन 
मनै मरेर आयो रे
नत्र त मलाई पिन
राष्ट्रसेवक बन्न मन नलागेको कहाँ हो र ।
  पृष्ट-५५

  कहीँ राष्ट्र सेवकहरुको ज्यादतिप्रति ब्यंग्य प्रहार कहिँ आक्रोस कहिँ निरास यस्तो लाग्छ कहिँ कवि यही मानेमा बिरक्तिएर बिदेश भासिएको त होइन  तर होईन भन्ने प्रमाणहरु थुप्रै छन् पुस्तकहरुमा । कविको कवित्वमा क्रान्तिका कायापलटहरु प्रशस्त भएकोबाट कवि कहिल्यै शुन्य हुन सक्दैनन् । नेपालको िचंगारी दुख्नुको विद्मामानसँगै मरुभूमिमा बाजर पिएर पनि पुस्तकाकार दिन सक्ने ब्यक्तित्व महेन्द्र राईलाई सल्यूट गर्नै पर्छ । 
    थौरैमा भन्नु पर्दा वहाँका कविताहरुमा वेदना क्रन्दन दरिद्रता माया आकांक्षा चिच्याहटहरु करुणा विवसता सुन्यताको जोडमा क्रान्तिकारी परिवर्तनहरुको छटाले छोएको छ । यस्को वस्ताविकताभित्र जव हामी पस्न सक्दैनौ तव कविलाई पढ्न पनि सक्दैनौ । समय परिवर्तन आफै कहिल्यै हँुदैन समयलाई बदल्नु मानविय जीवनको चेतनस्तरबाट उठ्नु पर्छ ।
अन्त्यमा सुधन पौडलको भूमिकाजर्नादन गिरीको शुभकामना साहित्यकार माजुलको छोटो भनाई रहेको यो पुस्तकका प्रकाशक छक्क सकि्रय राई हलेसी मासिक रहेका छन् भने यस्को पृष्ठ ४४ मध्येमा ३१ वटा कविताहरु रचिएका छन् र आवरणमा गरिबीको पराकाष्ट नाङगो पिठ्यु देखाइएता पनि यसमा यौवनरसको चेतनाको ज्यादा अभिवृि¢ भएको छ भन्नु देखेको कुरा भन्नु हो ठानेको छु तर परिवर्तनको लागि नयाँ कुरा दिन नसक्नु चाहि रुढीवादी चेतना हो ।
          पुर्ण विराम ॥ 

   गजलाको अपभ्रंस गजल हो । मृगनयनी स्त्रीलाई गजला भनिन्छ अरबी भाषामा । पर् र्यान्तमा गजल हुन पुग्यो । माध्यम बन्नु भन्नु परिर्वतन हुनु हो । केवल एउटा मात्र कित्तामा उभिएर साहित्य लेख्यो भने जीवन बुझाइहरु साँघुरो हुन सक्छ तर जीवनलाई स्वतन्त्र बनाउन भने आफु र आफ्नो बिधाहरुमा पनि  स्वतन्त्र भएर हुँइकिनु पर्छ भिडहरुमा । समय जति मान्छेसँग परिवर्तन हुन्छ त्यति समयको महत्व बुभुदै जान्छ । परिर्वतन हुनु भनेको प्राकृतिक पलायन हुनु होइन । मान्छे त्यही हो भूगोल त्यही हो मात्र चैतन्य फरक फरक ।
    परिवर्तन हुनुसँगै प्रत्येक सचेतनाहरु अध्याधिक भौतिक सामग्रीहरु तर्फ युग हिडिरहेको छ । यसो भन्दैमा गुन्दु्रकको स्वाद अर्कै भई जानु होइन । पृथ्वीको मान्छेहरु सबै चन्द्रमामा बसाँई सरे पनि गुन्द्रुकले आफ्नो धर्म छाड्दैन उस्को गरिमा वास्तवमा कहिल्यै मर्दैन । मैले के फलाकी रहेको भने गजल जतैबाट लेखे पनि गजल नै हो । परन्तु फजलमा आएको असम्वेदना आजका युग गजलकारहरुले खुट्याउनु मनासिव हुन्छ ।
यही गजलको दृष्टिकोणप्रति संक्षेपमा श्री गणेश गर्न लागेको छु ।नबिसरिएको रातू प्रतिनिधित्व गरेको गजल संग्रह गजलकार सुनिल लिम्बु पान्थरे साँइलाको एकल गजल संग्रह हो । यो संग्रह पनि मैले महेन्द्र राई अदृश्यको संग्रहसँगै सित्तैमा पुरस्कार पाएको हुँ । यस भित्रको साङगो पाङगो मैले प्रायः सवै अध्ययन गर्न भ्याएँ तर यसको नालीवेली भने खुट्याउन सक्ने म होइन मात्र आकास हेर्न खोजेको । हाम्रो संकृतिको माहौलमा यस्को आवरण चित्र देखाई सक्नु पक्कै छैन । यो रह्यो समाजको हेराई । पछाडि पट्टिको आकृती स्पष्ट रुपमा यहाँ खिचिएको छ । अगडिबाट केही युगपुरुषले गल्र्याम्मै अंगालोमा कसेको छ । यसलाई अमूर्त नभनौ भन्न मन लागे पनि तर धिमा चाँही सय प्रतिशत हो । युवा गजलकार पान्थरे साँइलो आफु स्वयं युवा भएको कारण सम्पूर्ण यौवन वासानाहरु यही पुस्तकमा घोप्ट्याइएको हो की भन्ने लाग्छ । माथि राखिएको महेन्द्र राई अदृश्यको अदृश्यका प्रतिविम्वहरु यही मामलामा कवि पनि अछुतो छँदै छैन जोड हिसावले भन्ने हो भने । यि दुवै पुस्तकहरु एउटै ड्याङका मुलाहरु हुन् भन्नु कन्जुस्याँई कसैले गर्दैनन् आवरणको दृष्टिकोणमा लाग्छ । असलमा यो दुई आत्माको मिलन भने-भने जस्तै संयोग हो । यस्का बाहिरी आवरणहरु जसरी सर्वाङ्गैै छ त्यसै गरि यस भित्रको चोइलीहरु भने पक्कै हुबहु छैन खुराक चपाएको मेरो अनुभवमा ।<br>
  कागजी बजारमा कामुक तस्विरले साम्राज्य जन्माएको बेला हामीले निकालेका कुण्ठाले फोस्रॊ परेका पुस्तकहरु प्रर्तिपर्धामा आउनु नसक्नु नै यो पुस्तकहरुको पराकाष्ट हो तर लाखौं मान्छेको भिडमा एउटामात्र साहित्यकार जन्मनुलाई दुर्लभ भनिन्छ र दुर्लभ वस्तुको मूल्य अमूल्य हुन्छ । 
    मरुभूमिमा यसरी आगोको भुंग्र्रोमा हाम्फाल्ने स्रष्टाहरुलाई चानचुने सम्नु सुस्त मस्तिष्क हो । साहित्य दुख्नुबाट सुभारम्भ हुन्छ । जस्लाई दुख्दैन उस्लाई साहित्य फुर्दैन पनि । साँच्चैमा भन्ने हो भने यो जीवनको महायात्रा हो । साहित्यमा लाग्नु त त्यसै महान कुरा हो । साहित्य कृतिनै जन्माउनु सक्नु भनेको चाँही पृथ्वी जति ठूलो कुरो हो । यही माहायात्रामा घोडा चढीरहेका बटुवा सुनिल लिम्वुलाई सुभेच्छा प्रकट नगरी क्षण पनि बस्न हुन्न हामी कलम खेलाउनेहरु । वहाँले लेखेका गजलहरु अत्यन्तै सुन्दर छन् । गजल सुन्दर हुनु भनेको त्यसको मूल्य मान्यता समाएर शब्द छनौटको पोख्तता देखाउनु सक्नु हो । यो मानेमा वहाँ धेरै अगाडी हुनुहुन्छ । वहाँले लेखेका गजलहरु दोहोर् याउन मन लाग्ने छन् । वहाँको लगनशिलतालाई पाठकहरुले कहिल्यै बिस्रने छैनन् । वहाँका गजलहरु कुनै गजलका मर्महरुमा ठ्याम्मै मिलेका छन् भने केही कहिँ कहिँ वीचबाट नै मृत्यू भएका छन् । सरलमा भन्दा प्रायः सवै गजलहरु गजलै जस्ता रहेका छन् । 
    गजलकारले आफ्नो गजल संग्रहमा देशको अनुकुलता र अव्यबस्थापनप्रति यसरी भनेका छन् ।
अब कहिलेसम्म टिक्छन् गरिव माराहरु
लाजै नमानि भन्ने गर्छन् साझा आजका ताराहरु 
            पृष्ट २१ 

आज मलाई धेरै लाग्यो पि्रतको मातहरु
कहिले आउला फेरि नबिसर्िएका रातहरु
            पृष्ट ३२
 
तिम्रो यादमा सुनिल आज रुँदैछ रे भनिदिनु रोदनसँगै आँखाबाट आँसु चुँदैछ रे भनिदिनु ।
यसरी पान्थरे आफ्नो गजलमा पोखिएका छन् साहित्यभूमिमा । गजलको धर्म यहिँ छ । रौचिराहरु आफै क्रान्तिकारी हुदैनन् । समय आफै परिवर्तन पनि हँुदैन चेत उठनु पर्छ । हिजोको संकुचित गजल अहिले नपाउनु चाहि गजलको परिवर्तन भन्नु हो ।
   तथापि गजल संग्रहले साहित्यको महत्व चाँहि अलिक बोक्नु उसको स्वभाव हो भन्नु पर्छ । पान्थरे साँईलाको गजलहरुमा प्यास निरास वेदना संग्राम अभाव ममता बिछोड तिक्तता प्रणय चाहना अनुभूति सबै समेटिएको छ । सबै नदिहरु समुन्द्र नै पुग्ने लक्ष्य राख्छन् तर समुन्द्रमा नपुग्नु पनि बग्नु चाँहि हो । पूर्वााचलका वरिष्ठ गजलकार प्रकास आङदेम्बेको शुभकामना भुटान गजल माचको ब्यक्तित्व याम थुलुङका साथै पूर्वााचलका गजल हस्ति सुमित्रा वाङदेल ूचेलीूको भूमिकाहरुले गजलमा गरुङ्गो थपिएको छ । स्वस्तिका काङवाङ प्रकासक रहेको गजल संग्रहमा ५६ वटा गजलहरु अनुबन्दित छन् । यसलाई भावानाबाट खुट्याउनु हुन्न । एकपटक गजल पृष्ठभूमिमा सबैको आँखा पुग्न सकोस् । संग्रहको सफलता होस् र आगामि दिनहरुमा थुप्रै नयाँ

गजल

बिरालोको घाँटीको घाँडो भो जीन्दगी
पैतलामा बिझेको काँडो भो जीन्दगी

न मान्छे भई जीउन सकियो न त केहि गर्न
फुटेको स्टीलको भाँडो भो जीन्दगी

अल्छीपना बढ्दै गई आत्माबिश्वास तुहिएपछी
पहिरोले चिथोरेको डाँडो भो जीन्दगी

तातो रगत छउन्जेल नी भेडो बन्नु परेपछी
दुनियाँले फ्याँकेको ठाँडो भो जीन्दगी

जती कोशीस गर्दा पनि समयले पछारेछी
लाग्छ जन्म लिने क्रममा चाँडो भो जीन्दगी

– इखालु रमेश

सांगीतिक सागरमा डुब्यो अलखोर
इखालु रमेश गेलाल
अलखोर,कतारबाट ।
नयाँ बर्षको अवसर पारेर सन्ध्या ग्रुप अलखोरले आफ्नो चौथो प्रश्तुति रुपमा आयोजना गरेको मनोरन्जन साँझ २०६६ गत अपि्रल १७ तारिख शुक्रवार अलखोर स्थित अलमिस्नाद कम्पनीको प्राङ्गणमा बिसाल जनसहभागिताका बिच भव्यताका साथ सम्पन्न भयो ।
ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाको सभापतित्व तथा नेपाली दुतावास कतारका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा अलमिस्नाद सर्भिसेजका मेनेजर सामी कायद,कतार ग्याँसका फेडि्ररिक गुइगुइस एन.आर.एन.ए.आइ.सी.सीका सचिव सागर नेपाल एन.आर.एन.ए.आइ.सी.सी कतारका प्रतिनिधी टि.बी.कार्की, नेपाली आदिवासी जनजाती महासंघका अध्यक्ष dsc02869अमृत गुरुङ, नेपाल कतार महासंघ कतार शाखाका अध्यक्ष कुमार कार्की, अनेसास कतारका अध्यक्ष दिपक भेटवाल, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका प्रबन्ध सम्पादक आशिष शेरचन, अरव व्युरो दिपक पौडेल लगायत कतार स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।
दुई चरण गरि सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी तथा बिशिष्ट अतिथीद्वारा व्यानर अनावरण गरि उद्दघाटन गरिएको थियो भने सांगीतिक समुहको प्रत्यक्ष संगीतका साथ नेपाली राष्ट्रिय गान गाइएको थियो । सन्ध्या ग्रुपका संरक्षक तथा सो कार्यक्रमका संयोजक बिष्णु के।सीले मन्तव्यद्वारा उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो भने नेपाली प्रमुख अतिथी रामकाजी खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तिल बहादुर बुढाथोकीद्वारा संचालन गरिएको पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभापति ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाले ग्रुप यसका गतिबिधी र सो कार्यक्रमलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभयो ।
नेपाल र कतार बिचको मित्रता झल्कने गरि आकर्षक रुपमा सजाइएको मन्चमा पहिलो चरणको कार्यक्रमको समाप्तीसँगै शुरु भएको दोस्रो चरणको सांगीतिक कार्यक्रममा जोयल परियार, हर्क लामा, देवु गहतराज, मनोज गहतराज, रमेश, नबु गहतराज लगायतको समुहले बिदा पूरानो साललाई……स्वागत नयाँ साललाई बोलको स्वागत गीतले उपस्थितहरुलाई सांगीतिक स्वागत गरेका थिए भने मेरो हातमा खुकुरी त उस्को हातमा झण्डा…… बोलको गीतमाdsc02782 सुरज तामाङ, चिन्तामणी बिक, थर्चा लामा, सन्त तामाङ, जुनी नेपाली, सोना लामा, पवित्रा लामा, मन्जु थापा, लगायतको सामुहिक नृत्यले दर्शकलाई नेपाली हुनुको गर्वमा चुर्लुम्म डुबाएको थियो । देव गहतराजले कहाँ होला घरवार……बोलको गीतमा दर्शकलाई नचाउन सफल भए । त्यसैगरि तामाङ सेलोमा सिर्जना तामाङ, सुरज तामाङ, बिमला आले, हरिचन्द्र श्रेष्ठको सामुहिक प्रश्तुतीले बिबिध कला संस्कृतिको समावेसीपन छर्लङ पारेको थियो भने सन्त तामाङको तिम्रो आँखा…… बोलको गीतले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेको थियो ।
नेपाली कार्यक्रम भएतापनि उल्लेख्य रुपमा गैह्र नेपालीहरुको उपस्थितीलाई मध्यनजर गर्दै केही हिन्दी गीत तथा नृत्य समेत प्रश्तुत् गरिएको थियो । सोहि क्रममा चनेको खेतमे….. बोलको गीतमा नृत्य गरेकी माजु थापाले दर्शकलाई कुसी छोडेर नाँच्न बाध्य बनाइन भने रोशन, तारावीर, भिम, जीवन,को सामुहिक नृत्य रहेको सोनी दे नाकी दे………मा पनि दर्शकहरु उत्तिकै झुमे । त्यसैगरि मनोज dsc02786बिकले प्रश्तुत् गरेको छुकर मेरे मनको…… बोलको गीत उत्कृष्ट रहेको थियो । हरिचन्द्र र बिमलाको सुसेलीले बसन्तलाई……… बोलको गीतमा गरेको नृत्य होस् या सुरज र सिर्जनाको कालो चस्मा…….बोलको गीतमा होस् या त बिरेन्द्र कुमार याक्थुम्वा र मन्जुको सुर्खेतमा बुलबुलमा ताल…… बोलको गीतमा गरेको प्रश्तुतीले होस् दर्शकहरु नाँच्न बाध्य भएका थिए । कार्यक्रमलाई भावुकता तिर डोर् याउँदै राजकुमार श्रेष्ठले अन्तिम पटक भेट्न आउ……॥ बोलको गीत गाए भने प्रेम अर्याल छाडी मलाई नजाउ है……।बोलको गीतमा चुर्लुम्म डुबे । बालकलाकार अस्मिता नेपालले माइतिघर माइतिघर……। बोलको गीतमा गरेको नृत्य भित्रको परिपक्वता अनि अस्मिताको कलालाई सम्मान नगरी दर्शक रहन सकेनन् । त्यसैगरि शेरु थापाले कमेडी नृत्यमा दर्शकहरुलाई पेट मिची मिची हाँस्न बाध्य बनाए भने फुर्वा योाजनको मारुनी नाँचमा दर्शकहरु मन्त्रमुग्ध भएर अवलोकन गरे । त्यसैगरि सुरज हरि थर्चा चिन्ता जुनी सोना मन्जु र पबित्राको पात बजाउँदै बोलको गीतमा सामुहिक नृत्य आकर्षक रहेको थियो । बिमला, सिर्जना, मन्जु लगायतको एकल नृत्य प्रश्तुतीसँगै दर्शकदिर्घा मनोरन्जनको सागरमा चुर्लुम्म डुबेका थिए । डम्बरदेव ओझा, प्रेम अर्याल, सावित्री गीरी, मिना तामाङ लगायत मनकामना सांस्कृतिक परिवारको प्रश्तुdsc02834ती सुपारी चाम्रो बोलको लोक दोहोरीले कार्यक्रमलाई लोकदोहोरीमय बनाएको थियो । कार्यक्रमको आकर्षणको रुपमा रहेका जोयल परियार हर्क लामा देवु गहतराज मनोज गहतराज रमेश नबु गहतराज लगायतको समुहले सम्पूर्ण कार्यक्रमको पाश्र्वसंगीतलाई समेटेका थिए । कार्यक्रमको अर्को आकर्षण रह्यो जोयल परियारको गीतार बजाउने कला । दाँतको भरमा होस् या ढाडमा राखेर होस् उनको गीतार प्रतिको मोह र कलालाई दर्शकले अत्यन्तै रुचाए । यसरी बिबिध गीत संगीत तथा नृत्यलाई समेटेर मनोरन्जन साँझ २०६६ को रुपमा दर्शकहरुका निम्ति पस्किएको सन्ध्या ग्रुपले बिक्री गरिएका टिकटहरुको नम्बरमा भाग्यशाली बम्पर उपहार समेत समावेस गरेको थियो । कार्यक्रमको मध्यभागतिर बिशिष्ट अतिथी सामी कायद कार्यक्रम संयोजक बिष्णु के.सी र बिजय यादव लगायतको सहभागितामा बालकलाकार अस्मिता नेपालले निकालेका चिट्ठा अनुसार टिकट नं।३५० ९९१ १४२४ ३८९ र ५०७ क्रमशः पहिलो दोस्रो तेस्रो चौथो र पाँचौ पुरस्कारका निम्ति बिजयी भएका थिए । त्यसैगरि छैठौं सान्त्वना अन्र्तगत ६१५ ५०६ ५०८ ३८८ १४७० बिजयी भएभने सातौं सान्त्वना अन्र्तगत १७०० १८०५ १८१५ १६५४ ८२९ ८३० ७२१ ९९५ ८२८ र १४७८ टिकट नम्वर बिजयी भएका dsc02861थिए । सोहि कार्यक्रमको अवसर पारेर गोधुली सांस्कृतिक समुहले आफ्ना सदस्यहरुको उपस्थितीमा आफ्नो दोस्रो प्रश्तुती मौन नजर गीति एल्वम बिशेष अतिथी एन.आर.एन.ए आइसीसीका सचिव सागर नेपालद्वारा बिमोचन समेत गर्यो । बविन बियोगी र सानु याख्खाले आकर्षक  र लोभलाग्दो ढंगमा आफ्नो कला प्रश्तुत् गर्दै दोस्रो चरणको सांगीतिक कार्यक्रम संचालन गरेका थिए । तिन हजार भन्दा बढि दर्शकहरुले अवलोकन गरेको सो कार्यक्रमका सम्पूर्ण नृत्यहरुको निर्देशन नृत्यनिर्देशकद्धय फुर्वा योन्जन र जय बहादुर आलेमगरले गर्नु भएको थियो । बिगतका प्रवासका कार्यक्रमहरुको अनुभव बटुलेको दर्शकहरुका अनुसार प्रवासमा आयोजना गरिदै आएका नेपाली सांस्कृतिक कार्यक्रमहरुमा हालसम्मकै सफल र उत्कृष्ट कार्यक्रम रहेको बताए । कार्यक्रम dsc02889अत्यन्तै सौर्हादपूर्ण पारिवारिक वातावरणमा सम्पन्न भएको थियो । परिवार सहित उपस्थित भएका स्वदेशी तथा बिदेशी दर्शकहरुको साथै कतारमा कार्यरत नेपाली चेलीबेटीहरुको समेत अत्यधिक उपस्थीती रहेको थियो । धनेश्वर जीसीको कुसल व्यवस्थापनमा सम्पन्न सो कार्यक्रम प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षणका पक्षमा पूर्णत लगाव सवल देखिएको थियो ।